समाचार
टोल विकास संस्था दर्ता/परिचालन सम्वन्धी सूचना
उपरोक्त सम्बन्धमा यस ज्वालामूखी गाउँपालिकाको ७ वटै वडाको टोल तथा बस्ती स्तरमा बिभिन्न निकायहरुबाट प्रवाह हुने सेवामा टोलबासीहरुको पहुँच अभिबृद्धि गर्ने, टोल, बस्तीस्तरमा समानता, समताको भावना जागृत गराउने, आपसी सदभाव, समझदारी, समन्वय र मेलमिलाप कायम गराउने, आर्थिक, सामाजिक सवालमा सबै टोलबासीहरुलार्इ निर्णय प्रक्रियामा समान अवसर र अधिकार प्रदान गर्न, टोलको समग्र बिकासका लागि कार्यक्रम तय गर्न, सहभागितामूलक योजना तर्जुमा, अनुगमन एवं मुल्यांकन प्रक्रियामा सहभागी गराउने उदेश्यले यस गाउँपालिकाको सबै वडाका सबै टोलमा टोल विकास संस्था (गठन तथा परिचालन) कार्यबिधी, २०७६ को दफा ३ बमोजिम टोल विकास संस्था गठन गरि दफा ५ बमोजिम वडा कार्यालयमा सुचिकृत गरि प्रमाणपत्र लिनुहुन अनुरोध गरिन्छ। वडाँ कार्यालयले कार्यविधिको दफा ५(घ) बमोजिम संस्था सूचीकृत गरेको विवरण मासिक रुपमा कार्यपालिकाको कार्यालयमा पठाउनु हुन समेत अनुरोध छ ।
टोल विकास संस्था (गठन तथा परिचालन) कार्यबिधी, २०७६ र विधान गाउँपालिकाको Website वाट डाउनलोड गरी हेर्न सकिनेछ ।
सामाजिक विकास शाखा
ज्वालामूखी गाउँपालिका ।